डडेल्धुरामा देउवाको अग्रता कायमै, ढकाल ६६ सय मतले पछि

डडेल्धुरामा देउवाको अग्रता कायमै, ढकाल ६६ सय मतले पछि

डडेल्धुरा : डडेल्धुरामा प्रधानमन्त्री शेरबहादुर देउवाको अग्रता कायमै छ। 

२७ हजार ९६२ हजार मतगणना हुँदा देउवाले १३ हजार ८५९ मत ल्याएका छन्।

स्वतन्त्र उम्मेदवार सागर ढकालले ७ हजार  २३७ मत ल्याएर पछ्याउँदै छन्। देउवा र ढकालबीच ६ हजार ६२२ मतान्तर छ। 

यस्तै, नेपाली कांग्रेस (वीपी)का कर्णबहादुर मल्लले ४ हजार ८३ मत ल्याएका छन्। 

मंसिर ६, २०७९ मंगलबार १९:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।