जुम्लामा ज्ञानेन्द्र शाहीको फराकिलो अग्रता, कति ल्याए मत ?

सुर्खेत : जुम्लाको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले फराकिलो अग्रतासहित अग्रता बनाइरहेका छन्।
१४ हजार ७६९ मत गन्दा शाहीले ७ हजार ९५९ मत ल्याएका छन्। उनी पहिलोपटक जुम्लाबाट निर्वाचन लडेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी गोमा गौतम कुँवरले ३ हजार ५८२ मत ल्याएकी छन्।
यस्तै, एमालेका रतननाथ योगीले १ हजार ८०२ मत ल्याउँदा नेपाल मजदुर किसान पार्टीका डिल्ली काफ्लेले ४४५ मत ल्याएका छन्।
यहाँ ८०२ मत बदर भएको छ।
मंसिर ६, २०७९ मंगलबार १९:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।