रुपन्देही ३ मा बालकृष्ण खाँणले बनाए १५३ मतको अग्रता

रुपन्देही ३ मा बालकृष्ण खाँणले बनाए १५३ मतको अग्रता

बुटवल : रुपन्देही क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाँणले १५३ मतले अग्रता बनाएका छन्।

सत्ता गठबन्धनका उम्मेदवार खाँणले ६ हजार ९१० मत ल्याए।

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक बोहराले ६ हजार ७५७ मत ल्याए। उनलाई एमाले र जनता समाजवादी पार्टीको समर्थन छ।

४ हजार ४३५ मत खसेको सिद्धार्थनगर नगरपालिकाको १ र २ नम्बर वडाका ३३०० को मतगणना गरिएको छ।

मंसिर ६, २०७९ मंगलबार १९:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।