पाल्पा–२ मा ठाकुर गैरेलाई पछ्याउँदै सोमप्रसाद पाण्डेय, कसको कति मत ?

पाल्पा–२ मा ठाकुर गैरेलाई पछ्याउँदै सोमप्रसाद पाण्डेय, कसको कति मत ?

बुटवल : पाल्पा क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार ठाकुर गैरेले गठबन्धनका उम्मेदवार सोमप्रसाद पाण्डेयलाई पछि पारेका छन्।

यहाँ गैरेले ५ हजार ६५७ मत ल्याउँदा सत्ता गठबन्धनकाे समर्थनमा एकीकृत समाजवादीबाट उम्मेदवार बनेका पाण्डेयले ४ हजार ३३६ मत ल्याए।

यस्तै यहाँ स्वतन्त्र उम्मेदवार रहेका मन बहादुर दर्लामीले १ हजार ५५ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सोमप्रसाद गैरेले ७८३ मत ल्याए।

मंसिर ६, २०७९ मंगलबार १८:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।