कास्की–३ मा गठबन्धनभन्दा स्वतन्त्र पार्टीका उम्मेदवार अगाडि

पोखरा : कास्की क्षेत्र नं. ३ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका दामोदर पौडेल बैरागीले अग्रता लिएका छन्।
१९ हजार ९३४ मत गणना हुँदा उनले ६ हजार ४८७ मत पाएका छन्। त्यसैगरी रबि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले ५ हजार ४६१ मत पाएका छन्।
सोमबारदेखि मतगणना भएको यस क्षेत्रमा आज दिउसोको मत गणनासम्म पोगराले अग्रता लिएका थिए । तर, साँझदेखि भने एकमालेका बैरागीले अग्रता लिएका हुन्।
त्यसैगरी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका रामजी प्रसाद बरालले ४ हजार ४८४ मत पाएर तेस्रो स्थानमा रहेका छन्। उनी गण्डकी प्रदेशका अर्थमन्त्री समेत हुन्।
उनले २०७४ को निर्वाचनमा यसै क्षेत्र अन्तरगत पर्ने प्रदेशसभा ‘क’ बाट निर्वाचित भएका थिए।
मंसिर ६, २०७९ मंगलबार १८:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।