रुकुमपश्चिममा जनार्दन शर्माकाे अग्रता, ल्याए ५३ प्रतिशत मत

रुकुमपश्चिममा जनार्दन शर्माकाे अग्रता, ल्याए ५३ प्रतिशत मत

सुर्खेत : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत रुकुमपश्चिमको प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रका जनार्दन शर्माले सुरुवाती अग्रता बनाएका छन्।

१ हजार ५९३ मत गणना हुँदा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका शर्माले ८५७ मत ल्याएका हुन्।

यस क्षेत्रका निवर्तमान सांसदसमेत रहेका उनले खसेको मतमध्ये ५३ प्रतिशत मत ल्याएका हुन्।

उनका निकटतम प्रतिस्पधी एमालेका नन्दराम देवकोटाले ४९८ मत ल्याएका छन्।

मंसिर ६, २०७९ मंगलबार १८:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।