काठमाडौं–५ मा १० हजार ५०० मत गन्न बाँकी, ईश्वर पाेखरेल ३६१९ मतले पछि

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेलले फराकिलो अग्रता बनाएका छन्।
२५ हजार ४८८ मत गन्दा पौडेलले ११ हजार १९६ मत ल्याएका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका ईश्वर पोखरेलले ७ हजार ९८१ मत ल्याएका छन्।
यी दुईबीचको मतान्तर ३ हजार ६१९ रहेको छ।
४५ हजार ९८६ मत खसेको यस क्षेत्रमा अझै १० हजार ४९९ मत गन्न बाँकी छ।
मंसिर ६, २०७९ मंगलबार १८:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।