पर्वतमा कांग्रेसका अर्जुन जोशीको ५३८ मतकाेअग्रता

पर्वतमा कांग्रेसका अर्जुन जोशीको ५३८ मतकाेअग्रता

पोखरा : पर्वतको प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका अर्जुन प्रसाद जोशीले ५३८ मतले अग्रता लिएका छन्।

उनले मंगलबार साँझसम्म ८ हजार ८२३ मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका पदम गरीले ८ हजार २८५ मत ल्याए। गरी निवर्तमान सांसद समेत हुन्।

उनले २०७४ को निर्वाचनमा पर्वतबाट कांग्रेसका अर्नुन जोशीलाई पराजित गरेर सांसद बनेका थिए। यसअघिको निर्वाचनमा प्रतिस्पर्धा गरेका जोशी र गिरी अहिले पुनः प्रतिस्पर्धामा छन्।

मंसिर ६, २०७९ मंगलबार १७:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।