विश्वकपकाे आफ्नाे पहिलाे खेलमा साउदी अरेबियासँग अर्जेन्टिना २-१ ले पराजित

विश्वकपकाे आफ्नाे पहिलाे खेलमा साउदी अरेबियासँग अर्जेन्टिना २-१ ले पराजित

काठमाडाैं : विश्वकप फुटबल अन्तर्गत आफ्नाे पहिलाे खेलमा अर्जेन्टिना पराजित भएकाे छ।

समूह 'सी' अन्तर्गतकाे पहिलाे खेलमा अर्जेन्टिनाविरुद्ध साउदी अरेबिया २-१ गाेलले विजयी भएकाे हाे।

साउदीका लागि अल सेरीले ४८औं मिनेटमा गोल गर्दै खेललाई १-१ गोलको अवस्थामा ल्याएका थिए।

त्यसकाे पाँच मिनेटपछि अल दवाश्रीले अग्रता दोब्बर बनाउँदै अर्जेन्टिना विरुद्व सनसनीपूर्ण अग्रता बनायो।

त्यसअघि अर्जेन्टिनाले पहिलो हाफमा १-० को अग्रता बनाएको थियो। १०औं मिनेटमै अग्रता बनाएको अर्जेन्टिनाले त्यसपछि गरेका तीन प्रहार गोल भए पनि सबै अफसाइड घोषित भएका थिए।

साउदी अरेबियाका खेलाडील् फल गरेपछि भिएआरको सहयोगमा अर्जेन्टिनाले १० औ मिनेटमा नै पेनाल्टीको मौका पाएको थियो।

जहाँ लियोनेल मेसीले सहज रुपमा गोलमा परिणत गर्दै अर्जेन्टिनालाई खेलमा १-० को अग्रता दिलाएका थिए।

मंसिर ६, २०७९ मंगलबार १७:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।