कर्णालीको पूर्व मुख्यमन्त्री शाहीको पक्षमा ७७ प्रतिशत मत

कर्णालीको पूर्व मुख्यमन्त्री शाहीको पक्षमा ७७ प्रतिशत मत

सुर्खेत : कालिकोटमा प्रतिनिधिसभा सदस्य निर्वाचनको ७३९ मत गन्दा पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अग्रता बनाएका छन्।

शुभकालिका गाउँपालिका १ र २ को मत गन्दा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका नेता शाहीले ५७५ मत ल्याएका हुन्। उनको पक्षमा ७७ प्रतिशत मत खसेको छ।

एमालेका नगेन्द्र शाहि (नेशनल)ले ३२६ मत पाउँदा, राप्रपाका धनबहादुर बुढाले ३१, नेमकिपाका खड्ग राज शाहीले २२ मत ल्याएका छन्।

त्यसैगरी, स्वतन्त्र उम्मेदवार काशिचन्द्र बरालले २१ मत ल्याउँदा अर्का स्वतन्त्र उम्मेदवार धनप्रसाद पाण्डेले खाता खोल्न सकेका छैनन्। यहाँ ३८ मत बदर भएको छ।

मंसिर ६, २०७९ मंगलबार १७:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।