ललितपुर–३ मा २२ हजार मत गन्दा तोसिमा कतिले अगाडि ?

ललितपुर–३ मा २२ हजार मत गन्दा तोसिमा कतिले अगाडि ?

काठमाडौं : ललितपुर–३ मा रवि लामिछाने नेतृत्त्वको राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा.तोसिमा कार्कीले अग्रता कायमै राखेकी छन्।

२२ हजार ६ मत गन्दा कार्कीले ९ हजार ४०३, एमालेका अमृत खड्काले ६ हजार ६४३ र सत्ता गठबन्धकी पम्फा भुसालले ३ हजार ७५० मत ल्याएकी छन्।

कार्की र खड्काबीचको मतान्तर २ हजार ७६० छ।

कार्कीले यस क्षेत्रमा सुरुवातदेखि नै अग्रता कायम गर्दै आएकी छन्। विभिन्न सर्वेक्षणहरूमा पनि त्यहाँ उनले जित्ने दाबी गरिएको छ।

मंसिर ६, २०७९ मंगलबार १६:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।