तनहुँ–१ मा कांग्रेस वरिष्ठ नेता पौडेल दोस्रो

तनहुँ–१ मा कांग्रेस वरिष्ठ नेता पौडेल दोस्रो

पोखरा : तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पछि परेका छन्। नेता पौडेललाई एमालेका एकबहादुर रानाले १३२ मतान्तरले पछि पारेका हुन्।

९ हजार ७५६ मत गणना हुँदा रानाले ३ हजार ३४२ मत पाएका छन्। उनका मुख्य प्रतिस्पर्धी कांग्रेसका बरिष्ठ नेता पौडेलले ३ हजार २१० मत पाएका छन्।

त्यस्तै रवि लामिछानेको स्तन्त्र पार्टीका विकास सिग्देलले १ हजार २९० मत पाएर तेस्रो स्थानमा छन्। राप्रपाका विनोद कुमार घर्तीले ५२२ मत पाएका छन्।

स्वतन्त्र उम्मेदवारी दिएका गोविन्द राज जोशीले ४२३ मत पाएका छन्। विगत लामो समयदेखिको प्रतिशोध साँध्न पौडेलविरुद्ध चुनाब लडेका जोशीले उनलाई कडा चुनौती दिने अनुमान गरिएको थियो।

उनी अहिले राप्रपाका उमेदवार घर्ति भन्दा पनि न्युन मत पाएर पाँचौ स्थानमा रहेका छन्।

मंसिर ६, २०७९ मंगलबार १५:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।