स्वतन्त्र पार्टी प्रतिनिधि सभामा खाता खोल्ने प्रतिष्पर्धामा,  छ  निर्वाचित सदस्यमध्ये चार कांग्रेसका, दुई एमालेका 

स्वतन्त्र पार्टी प्रतिनिधि सभामा खाता खोल्ने प्रतिष्पर्धामा,  छ  निर्वाचित सदस्यमध्ये चार कांग्रेसका, दुई एमालेका 

काठमाडौं : प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतगणना सकिएको छ स्थानमध्ये चार वटामा नेपाली कांग्रेसका उम्मेदवारले जितेका छन्। गण्डकी प्रदेशको दुई जिल्ला र बागमती प्रदेशको ४ वटा क्षेत्रको गरेर छ वटा क्षेत्रको मत परिणाम सार्वजनिक भैसकेको छ। 

मङ्गलवार दिउससम्म सार्वजनिक भएको मत परिणाम अनुसार कांग्रेसका उम्मेदवार मनाङ, मुस्ताङ, काठमाडौँ १ र ४ मा जितेका छन्। ललितपुर २ र काठमाडौँ ९ मा एमालेका उम्मेदवार निर्वाचित भएका छन्। 

मनाङबाट दुई हजार पाँच सय ७५ मत ल्याएर टेक बहादुर गुरुङले जिते। मुस्ताङबाट तीन हजार नौ सय ९२ मत ल्याएर योगेश गौचन थकालीले जिते। काठमाडौँ १ बाट सात हजार एक सय एक सय ४३ मत ल्याएर प्रकाशमान सिंहले जित्दा काठमाडौँ ४ बाट २१ हजार तीन सय २ मत ल्याएर गगन कुमार थापाले जितेका छन्।

ललितपुर २ बाट १५ हजार २५ मत ल्याएर प्रेमलाल महर्जन र काठमाडौँ ९ बाट २२ हजार आठ सय ५२ मत ल्याएर कृष्ण गोपाल श्रेष्ठ निर्वाचित भए। अहिलेसम्म निर्वाचित हुने उम्मेदवार मध्ये सबैभन्दा कान्छो उमेरका उम्मेदवार मुस्ताङका थकाली हुन्। यी छ जना निर्वाचित सदस्यमध्ये थकाली र ललितपुर २ का महर्जनको यो संसदीय चुनाव पहिलो पटकको हो। त्यसै गरी काठमाडौँ १ का सिंहको यो संसदीय यात्रा चौथो पटक र काठमाडौँ ४ का थापाको प्रत्यक्षतर्फ र समानुपातिक गरेर चौथो यात्रा हो। 

काठमाडौँ ९ का निर्वाचित सदस्य श्रेष्ठ भने अत्यधिक चुनाव लड्ने नेताको रूपमा परिचित छन्। अप्रत्याशित नतिजा ल्याइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका तीन उम्मेदवार प्रतिनिधी सभामा खाता खोल्ने निकट छन्। काठमाडौं ८ र चितवन १ का उम्मेदवार जित निकट देखिएका छन्।

मंसिर ६, २०७९ मंगलबार १४:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।