डडेल्धुरा: सुगम क्षेत्रको मतपेटिका गन्न थालेपछि सागरले भने, 'चितवन र यहाँ उस्तै हुँदैछ'

काठमाडौं: डडेल्धुरामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई चुनौती दिँदै प्रतिनिधि सभा सदस्यमा पदमा उम्मेदवारी दिएका सागर ढकालले आफ्नो मतान्तर घटाउँदै लगेका छन्। निर्वाचन आयोगका अनुसार हालसम्म १८ हजार ४२७ मत गणना हुँदा ढकालले पाँच हजार १९३ मत पाएका छन्।
यस्तै देउवाले नौ हजार ७७३ मत पाएका छन्। यी दुईबीच मतान्तर चार हजार ५८० मतको रहेको छ।
यस्तै तेस्रो स्थानमा छन् कांग्रेस बीपीका कर्णबहादुर मल्ल। उनले दुई हजार ६९४ मत पाएका छन्। चौथो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका गोविन्द खडायतले ३७५ मत पाएका छन्।
यता देउवाका प्रतिस्पर्धी ढकालले भने विस्तारै दुर्गम क्षेत्रका मतपेटिका गनेर सकिँदै गएको र अब सुगमका मतपेटिका गन्ने क्रम सुरु भएको भन्दै आशा व्यक्त गरेका छन्। आफू र देउवाबीचको मतान्तर घटेको भन्दै उनले भने, 'अब सचेत डडेल्धुराबासीको बाकस गनिँदै छ। चितवन र यहाँ उस्तै हुँदैछ।'
मंसिर ६, २०७९ मंगलबार १३:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।