समानुपातिकतर्फ एमाले अगाडि, स्वतन्त्र पार्टीले माओवादीलाई उछिन्यो

समानुपातिकतर्फ एमाले अगाडि, स्वतन्त्र पार्टीले माओवादीलाई उछिन्यो

काठमाडौं: आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना हाल जारी छ। हालसम्मको मतगणनाअनुसार समानुपातिकतर्फ एमाले अगाडि देखिएको छ।

एमालेले ७६ हजार ३२३ मत पाएको छ। यस्तै दोस्रो स्थानमा कांग्रेस रहेको छ। कांग्रेसले ६५ हजार ७९२ मत पाएको छ।

यस्तै नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिकतर्फ तेस्रो स्थानमा छ। उसले ३३ हजार ३३७ मत पाएको छ। माओवादी केन्द्र भने समानुपातिकतर्फ २९ हजार ६५१ मत पाउँदै चौथो स्थानमा छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले १९ हजार ४४ मत प्राप्त गरेर पाँचौँ स्थान हासिल गरेको छ।

यस्तै जनता समाजवादी पार्टी छैटौँ स्थानमा छ। उसले पाँच हजार ८३३ मत पाएको छ। सिके राउत नेतृत्त्वको जनमत पार्टीले पाँच हजार ४५५ मत पाएर सातौँ स्थानमा छ।

आठौँ स्थानमा नेपाल मजदूर किसान पार्टी रहेको छ। उसले चार हजार ४३८ मत पाएको छ। यस्तै नवौँ स्थानमा नागरिक उन्मुक्ति पार्टीले तीन हजार ५३८ र दशौँ स्थानमा एकीकृत समाजवादीले तीन हजार ४६० मत प्राप्त गरेका छन्।

हाल मतगणना जारी छ।

मंसिर ६, २०७९ मंगलबार १३:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।