रुपन्देही–३: खाँणलाई पछि पारे बोहोराले

रुपन्देही–३: खाँणलाई पछि पारे बोहोराले

बुटवल: रुपन्देहीको निर्वाचन क्षेत्र नं ३ मा गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहोराले पछि पारेका छन्।

सहायक निर्वाचन अधिकृत शोभाखर खरेलका अनुसार प्रतिनिधि सभा सदस्यतर्फ १० हजार ६४० मत गणना हुँदा गृहमन्त्री खाँण २५२ मतले पछाडि छन्।

बोहोराले चार हजार १७० मत प्राप्त गरेका छन्। सत्ता गठबन्धनका उम्मेदवार खाँणले तीन हजार ९१९ मत प्राप्त गरेका छन्।

कुल एक लाख ३२ हजार ७९१ मतदाता रहेको यस क्षेत्रमा १४८ मतदान केन्द्रबाट ९२ हजार ९७२ मत खसेको थियो।

मंसिर ६, २०७९ मंगलबार १२:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।