ललितपुर–१ मा कांग्रेसका राणा अगाडि, ललितपुर- ३ मा स्वतन्त्र पार्टीकी तोसिमाको फराकिलो अग्रता

ललितपुर–१ मा कांग्रेसका राणा अगाडि, ललितपुर- ३ मा स्वतन्त्र पार्टीकी तोसिमाको फराकिलो अग्रता

काठमाडौं: ललितपुरको निर्वाचन क्षेत्र नं १ मा जारी मतगणनामा प्रतिनिधि सभा सदस्यतर्फ नेपाली कांग्रेसका उदयशम्शेर जबरा अगाडि आएका छन्। निर्वाचन अधिकृत बालकृष्ण निरौलाका अनुसार पछिल्लो मतगणनामा उनले ११ हजार ७३९ मत प्राप्त गरेका छन्।

यता, एमालेका नवराज सिलवाल उनीभन्दा पाँच सय ८५ मतले दोस्रो स्थानमा छन्। सिलवालले ११ हजार १५४ मत प्राप्त गरेका छन्।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सचिनकुमार घिमिरेले एक हजार ७३४ मत प्राप्त गरेका छन्।

यता ललितपुर–३ मा  राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की अग्रस्थानमा छिन्। निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार उनले पछिल्लो मतगणनामा चार हजार ९१० मत प्राप्त गरेकी छिन्।

एमालेका अमृत खड्काले तीन हजार ८४५ मतसहित उनलाई पछ्याए पनि मतान्तर फराकिलो छ।

यस क्षेत्रकी निवर्तमान सांसद माओवादी केन्द्रकी पम्फा भुसालले दुई हजार २२८ मत प्राप्त गरेकी छिन्। कुल ११ हजार ८७७ मत गणना हुँदा ४३३ मत बदर भएको छ।

मंसिर ६, २०७९ मंगलबार ११:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।