कास्की– १: एमालेका गुरुङले कांग्रेसका बरालविरुद्ध मतान्तर फराकिलो बनाए

पोखरा: कास्कीको क्षेत्र नं १ मा नेकपा एमालेका उम्मेदवार मनबहादुर गुरुङले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका किशोरदत्त बरालविरुद्ध मतान्तर फराकिलो बनाउँदै लगेका छन्।
कुल सात हजार ६१८ मत गणना हुँदा एमालेका गुरुङले तीन हजार ८७० मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका बरालले दुई हजार ९०२ मत पाएका छन्। त्यसैगरी राष्ट्रिय स्वातन्त्र पार्टीका राजु राईले ३२३ पत पाएका छन्।
२०७४ को निर्वाचनमा यस क्षेत्रबाट एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारीले झण्डै साढे १३ हजार मतले कांग्रेसका उम्मेदवार यज्ञबहादुर थापालाई पराजित गरेका थिए। अहिले यस क्षेत्रबाट चुनाव लडेका गुरुङ नेकपा एमाले कास्कीका जिल्ला अध्यक्ष हुन् भने बराल कांग्रेसका जिल्ला सभापति हुन्।
मंसिर ६, २०७९ मंगलबार १०:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।