तनहुँ- १: रामचन्द्र पौडेलको अग्रता, प्रतिशोध साँध्न उम्मेदवारी दिएका जोशीको जम्मा २४० मत

पोखरा: तनहुँको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अग्रता लिएका छन्। हालसम्म पाँच हजार ६११ मत गणना हुँदा गठबन्धनबाट उम्मेदवार बनेका नेता पौडेलले दुई हजार ९ मत पाएका छन्।
उनका मुख्य प्रतिस्पर्धी नेकपा एमालेका एकबहादुर रानाले एक हजार ७६१ मत पाएका छन्। पौडेल र रानाबीच २४८ मतको अन्तर छ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६५० मत पाएर तेस्रो स्थान हासिल गरेका छन्। स्वतन्त्रबाट उम्मेदवारी दिएका गोविन्दराज जोशीले २४० मत पाएका छन्।
विगत लामो समयदेखिको प्रतिशोध साँध्न पौडेलका विरुद्ध चुनाव लडेका जोशीले उनलाई कडा चुनौती दिने अनुमान गरिए पनि अहिलेसम्मको मतगणनामा उनको फितलो उपस्थिति देखिएको छ।
दुई वटा निर्वाचन क्षेत्र रहेको तनहुँमा सोमबार दिउँसोबाट मतगणना थालिएको थियो। क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्यमा पनि नेपाली कांग्रेसका शंकर भण्डारीले अग्रता लिएका छन्। उनले १४ हजार ११८ मत पाएका छन् भने प्रतिस्पर्धी एमालेका किरण गुरुङले ११ हजार २८६ मत पाएका छन्।
मंसिर ६, २०७९ मंगलबार १०:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।