रौतहट- ३: प्रभु साह आफ्ना निकट प्रतिद्वन्द्वीभन्दा १९ सय मतले अगाडि

रौतहट- ३: प्रभु साह आफ्ना निकट प्रतिद्वन्द्वीभन्दा १९ सय मतले अगाडि

काठमाडौं: रौतहटको निर्वाचन क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवार प्रभु साहले अग्रता कायमै राखेका छन्। 'कल' चुनाव चिह्नबाट उम्मेदवारी दिएका साहले कुल पाँच हजार १४६ मत प्राप्त गरेको उनका प्रेस सल्लाहकार निवेश यादवले जानकारी दिएका छन्।

यस्तै साहका निकट प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार ओमप्रकाशले तीन हजार २३१ मत पाएका छन्। उनी माछा चुनाव चिह्नबाट प्रतिस्पर्धामा छन्। एकीकृत समाजवादी, एमाले लगायत दलको समर्थनमा चुनावमा उत्रेका उनलाई विशेष रूपमा प्रभु साहलाई हराउन उम्मेदवार बनाइएको बताइन्छ।

यस्तै माओवादी केन्द्रका उम्मेदवार तेस्रो स्थानमा छन्। माओवादीका रवीन्द्र पटेलले एक हजार ४८९ मत पाएका छन्।

रौतहटमा माओवादी भने तीन भागमा बाँडिएको छ। माओवादीका केही नेता/कार्यकर्ताले साहलाई समर्थन गरेका छन् भने केहीले अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाशलाई समर्थन गरेका छन्। यस्तै बाँकीले आफ्नै दललाई समर्थन गरेका छन्।

मंसिर ६, २०७९ मंगलबार १०:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।