नवलपरासी पश्चिम: खर्बपति चाैधरी र प्रधानकाे अग्रता कायमै

नवलपरासी पश्चिम: खर्बपति चाैधरी र प्रधानकाे अग्रता कायमै

नवलपरासी: नवलपरासी पश्चिममा खर्बपति विनोद चाैधरी र पूर्व आईजीपी ध्रुवबहादुर प्रधानकाे अग्रता कायमै रहेकाे छ। निर्वाचन क्षेत्र नं. १ मा ११ हजार ७४ मत गन्दा नेपाली कांग्रेसका उम्मेदवार चाैधरी तीन हजार ३५८ मतसहित अग्रस्थानमा छन्।

त्यस्तै दाेस्राे स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र शेन ठकुरी छन्। उनले तीन हजार ५१ मत पाएका छन्। लामाे समयदेखि यस क्षेत्रमा राजनीति गर्दै आएका नेता हृदयेश त्रिपाठी एमालेकाे समर्थनमा उठे पनि उनी तेस्राे स्थानमा छन्।

त्रिपाठीले जम्मा दुई हजार ५६८ मत प्राप्त गरेका छन्। चाैधरी त्रिपाठीभन्दा ७९० मतले अगाडि छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका शेनभन्दा ३०७ मतले अगाडि छन्।

यस्तै निर्वाचन क्षेत्र नं. २ मा  राप्रपाका उम्मेदवार पूर्व आईजीपी ध्रुवबहादुर प्रधान अग्रस्थानमा छन्। नेपाली कांग्रेसका उम्मेदवार पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेल भने दाेस्राे स्थानमा छन्।

करिब आठ हजार मत गन्दा पूर्व आईजीपी प्रधानले चार हजार ९१२ मत प्राप्त गरेका छन्। उनकाे प्रतिद्वन्द्वी  पूर्व गृहराज्यमन्त्री कँडेलले एक हजार ६६२ मत प्राप्त गरेका छन्।

प्रधान अहिले तीन हजार २५० मतले अगाडि छन्। त्यस्तै एमालेका दीपेन्द्र अधिकारी एक हजार ३६८ मतले तेस्राे स्थानमा छन्।

मंसिर ६, २०७९ मंगलबार १०:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।