काठमाडौं ५: ईश्वर पोखरेलभन्दा प्रदीप पौडेल १८ सय मतले अगाडि

काठमाडौं: काठमाडौंको निर्वाचन क्षेत्र नं ५ मा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार प्रदीप पौडेलले अग्रता कायम राखेका छन्। जारी मतगणनामा उनले एक हजार ८१६ मतान्तरले अग्रता लिएका हुन्।
१८ हजार ७९७ मत गणना हुँदा नेता पौडेलको ६ हजार १८१ मत छ। एमालेका उम्मेदवार ईश्वर पोखरेलको चार हजार ३६५ मत छ।
क्षेत्र नम्बर ५ निर्वाचन कार्यालयका प्रवक्ता कमलकान्त जोशीका अनुसार यस क्षेत्रमा कुल ७० हजार ९१९ मतदाता रहेका छन्। यस क्षेत्रमा ४५ हजार ९९७ मत खसेको थियो।
काठमाडौं क्षेत्र नम्बर ५ मा १५ दलका र १४ स्वतन्त्र उम्मेदवार गरी कुल २९ जना प्रतिस्पर्धामा छन्।
मंसिर ६, २०७९ मंगलबार ०९:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।