प्रतिनिधि सभाको मतपत्र प्रदेश सभाको मतपेटिकामा खसेपछि स्थगित भएको मतदान पुनः हुँदै

काठमाडौं: मङ्सिर ४ गते स्थगित भएको सुर्खेतको सिम्ता गाउँपालिकाको मतदान पुनः थालिएको छ। सुर्खेत क्षेत्र नं १ को सिम्ता गाउँपालिका–६ राकमस्थित सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा पुनः मतदान भइरहेको मतदान अधिकृत हितप्रसाद पौडेलले जानकारी दिए।
सामान्य त्रुटिका कारण प्रतिनिधि सभाका एक सय मतपत्र प्रदेश सभाको मतपेटिकामा खसेपछि उक्त मतदानस्थलका तीन वटा केन्द्रको मतदान आइतबार रद्द गरिएको थियो।
स्थगित मतदान आज बिहान ७ बजेदेखि सुरु भएको हो। अहिलेसम्म २५० मत खसेको मतदान अधिकृत पौडेलले बताए। उनका अनुसार उक्त मतदानस्थलका तीन मतदान केन्द्र गरी दुई हजार ९२६ मतदाता सङ्ख्या रहेको छ।
मंसिर ६, २०७९ मंगलबार ०९:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।