पश्चिमी वायुको सामान्य प्रभाव भए पनि आज मौसम सफा रहने

पश्चिमी वायुको सामान्य प्रभाव भए पनि आज मौसम सफा रहने

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम सामान्यतया सफा रहने जनाएको छ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

यतिबेला देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आज राति पनि यही मौसम प्रणाली रहनेछ।

यस्तै तापक्रम क्रमिक रूपमा घट्दै गइरहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

मंसिर ६, २०७९ मंगलबार ०९:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।