अलबिदा महावीर विश्वकर्मा

चितवन: चितवनका चर्चित सञ्चारकर्मी महाविर विश्वकर्माको आज बिहान सवारी दुर्घटनामा परेर निधन भएको छ।
पछिल्लो समय काठमाडौंमा बस्दै आएका उनी चितवन निर्वाचनमा मतदान गर्न आएको उनका भाई भुवन विकले जानकारी दिए।
राप्ती नगरपालिका–४ सुन्दरबस्तीस्थित आफ्नो घरबाट काठमाडौं जाँदै गर्दा राप्ती नगरपालिका–६ हर्दीमा आज बिहान साढे ५ बजे माइक्रो बस दुर्घटना हुँदा उनको मृत्यु भएको हो। आफू सवार ना २ ख २३८२ नम्वरको माइक्रोबसमा च्यापिएका विश्वकर्मालाई झण्डै २ घण्टापछि निकालिएको थियो। दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्।
उनको शव पोष्टमाटमका लागि भरतपुर अस्पताल ल्याइदै छ भने उनी लामो समय चितवनको रेडियो चितवन र कालिका एफएममा कार्यरत थिए। उनले सञ्चालन गरिरहेको कार्यक्रम बहकिने मन देशभर चर्चित छ।
मंसिर ६, २०७९ मंगलबार ०८:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।