चितवन- २: एमालेका पोखरेलको अग्रता कायमै, स्वतन्त्र पार्टीका रवि लामिछाने पछ्याउँदै

काठमाडौं: चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार कृष्णभक्त पोख्रेलले अग्रता कायमै राखेका छन्। हालसम्म सात हजार ४१ मत गणना गर्दा उनले दुई हजार ३३१ मत प्राप्त गरेका छन्।
यस्तै सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठले दुई हजार ३६ मत प्राप्त गरेका छन्।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले दुई हजार २२७ मत प्राप्त गरेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस क्षेत्रमा ६७ दशमलव तीन प्रतिशत मत खसेको छ। यस क्षेत्रमा एक लाख २४ हजार २१४ मतदाता रहेका छन्।
मंसिर ६, २०७९ मंगलबार ०८:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।