लगातार चौथो पटक सांसद बने प्रकाशमान, एक सय २५ मतले मिश्र चुके

काठमाडौं: काठमाडौं निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह विजयी भएका छन्। सिंह लगातार चौथो पटक विजयी भएका हुन्।
सिंह यसअघि २०६४, २०७० र २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए। सिंहले नेपाली कांग्रेसको काठमाडौं जिल्ला सभापति, केन्द्रीय सदस्य, महामन्त्री र उपसभापतिसम्मको जिम्मेवारी निर्वाह गरिसकेका छन्।
सिंह तत्कालीन सुशील कोइरालाको सरकारमा उपप्रधानमन्त्री तथा स्थानीय विकास तथा सङ्घीय मामिलामन्त्री भएका थिए।
सिंहले सात हजार १४३ मत ल्याएर विजयी भएका हुन्। प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रभन्दा एक सय २५ मतले अगाडि रहँदै उनी निर्वाचित भएका हुन्।
मिश्रले सात हजार १८ मत ल्याए। यसअघि २०७४ सालको निर्वाचनमा पनि सिंहले मिश्रलाई नै पराजित गरेका थिए।
यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम, नेपाल सुशासन पार्टीका रमेश खरेल लगायत उम्मेदवार थिए।
मंसिर ६, २०७९ मंगलबार ०७:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।