देउवा दोब्बर मतले अगाडि, सागर ढकालले कर्ण मल्ललाई उछिने

काठमाडौं: डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यका उम्मेवार शेरबहादुर देउवा आफ्ना निकटम प्रतिद्वन्द्वीभन्दा दोब्बर मतले अगाडि छन्।प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा तीन हजार २२ मतले आफ्नो प्रतिस्पर्धीभन्दा अगाडि छन्।
अहिलेसम्म १० हजार ८७० मत गणना हुँदा उनले पाँच हजार ६२१ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले दुई हजार ५९९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यसैगरी, नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले एक हजार ६३६ मत पाएका छन्। हालसम्म ६५६ मत बदर भएका छन्।
मंसिर ६, २०७९ मंगलबार ०७:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।