झापा-१: विश्वप्रकाश र अग्नि खरेलबीच ४२ सय मतको अन्तर

झापा-१: विश्वप्रकाश र अग्नि खरेलबीच ४२ सय मतको अन्तर

काठमाडौं: झापाको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विश्वप्रकाश शर्माले अग्रतालाई फराकिलो बनाएका छन्। शर्माले ११ हजार ३८५ मत ल्याई निकटतम प्रतिद्वन्द्वीभन्दा आफूलाई निकै अघि पुर्याएका हुन्।

शर्मालाई सात हजार ८६ मतले पछ्याइरहेका छन्- एमालेका अग्नि खरेलले। उनीहरूबीच चार हजार २९९ मतको अन्तर छ।

यस्तै यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका ओमनाथ भण्डारीले पनि करिब दुई हजार मत ल्याएका छन्। उनले एक हजार ९८१ मत ल्याएर तेस्रो स्थानमा छन्।

मंसिर ६, २०७९ मंगलबार ०७:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।