अन्डर एसएलसीका प्रेम बहादुरले मास्टर्स पढेका शाक्यलाई हराए

ललितपुर : ललितपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा जितेका एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले एसएलसी पनि पास गरेका छैनन्।
निर्वाचन आयोगमा उनले बुझाएको विवरणमा शैक्षिक योग्यता अन्डर एसएलसी लेखिएको छ। उनी ललितपुर महानगरपालिका गुईटोलका स्थानीय हुन्। उनी १९ हजार ८ सय ३४ मत ल्याएर विजयी भए।
उनको प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले मास्टर्स तह उत्तीर्ण गरेका थिए। उनले १० हजार ४४० मत ल्याए।
राष्ट्रिय स्वतन्त्र पार्टीका वुद्धरत्न महर्जनले १० हजार १३६ मत पाए। उनको शैक्षिक योग्यता पनि पिसिएल मात्र हो सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका कृष्णलाल महर्जनले ९ हजार ५३९ मत पाएर चौथो भए। उनी पनि पिसिएल मात्र पढेका हुन्।
राप्रपाका उम्मेदवार रघुवरराज थापाले ७ हजार ७९९ मत ल्याएका थिए। उनी पनि मास्टर्स पढेका हुन्।
मंसिर ५, २०७९ सोमबार २३:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।