ललितपुर २ मा एमालेले जित्दा गठबन्धन उम्मेदवार चौथो

ललितपुर : ललितपुर क्षेत्र नम्बर २ बाट एमालेका उम्मेदवार प्रेमबहादुर महर्जन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनी निर्वाचित हुँदा प्रतिस्पर्धी मानिएको पाँच दलीय गठबन्धनका उम्मेदवार चौथो भए।
सोमबार राति सम्पन्न मतगणनाअनुसार महर्जन १९ हजार ८३४ मत पाएर निर्वाचित भए। एमालेबाट निर्वाचित हुने पहिलो जनप्रतिनिधि हुन्।
उनको निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुदिन शाक्य भए। उनले १० हजार ४४० मत ल्याए।
राष्ट्रिय स्वतन्त्र पार्टीका वुद्धरत्न महर्जनले १० हजार १३६ मत पाए। सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका कृष्णलाल महर्जनले ९ हजार ५३९ मत पाएर चौथो भए।
राप्रपाका उम्मेदवार रघुवरराज थापाले ७ हजार ७९९ मत ल्याएका थिए।
मंसिर ५, २०७९ सोमबार २२:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।