मनाङबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका टेकप्रसाद गुरुङ निर्वाचित

पोखरा : मनाङबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका उमेदवार टेकप्रसाद गुरुङ निर्वाचित भएका छन्।
एउटा मात्र प्रतिनिधिसभा सदस्यको निर्वाचन क्षेत्र रहेको मनाङबाट उनले २ हजार ३७४ मत पाएर विजयी भएका हुन्।
गुरुङका प्रमुख प्रतिस्पर्धी एमालेका पोल्देन छोपाङ गुरुङले २ हजार ९५ मत पाएका थिए। निर्वाचित टेकबहादुरले पाल्देन छोपाङलाई २७९ मतान्तरले पाराजित गरेका हुन्।
टेकबहादुर २०७४ को निर्वाचनमा पनि मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
त्यस्तै मनाङको प्रदेशसभा ‘क’मा पनि कांग्रेसका मुनिन्द्रजंग गुरुङ निर्वाचित भएका छन्।
उनले १ हजार २५५ मत पाएर बिजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजन बहादुर गुरुङले ९२५ मत पाएका छन्।
त्यसैगरी यस अघि प्रदेशसभा ‘ख’ मा स्वतन्त्र उमेदवार राजीव गुरुङ (दिपक मनाङे) निर्विरोध निर्वाचित भएका थिए।
मंसिर ५, २०७९ सोमबार २२:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।