समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्राे, पहिलाे र दाेस्राे कुन-कुन ?

समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्राे, पहिलाे र दाेस्राे कुन-कुन ?


काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशभा सदस्य निर्वाचनको समानुपातिकतर्फ रवि लामिछाने नेतृत्त्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तेस्रो भएको छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको परिणामअनुसार रास्वपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीभन्दा अगाडि देखिएको हो।

आयोगको विवरणअनुसार प्रतिनिधिसभा तर्फ नेपाली कांग्रेसले ११ हजार ५०२, एमालेले १० हजार ८२, रास्वपाले ७ हजार ५६०, माओवादी केन्द्रले ४ हजार ४८८ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ हजार ७३४ मत ल्याएको छ।

नेपाल मजदुर किसान पार्टीले १ हजार ३३ मत ल्याउँदा एकीकृत समाजवादीको समानुपातिक मत अहिलेसम्म आयोगको विवरणै आएको छैन। यस्तै, जनमत पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमुक्ति पार्टीले तीन अंकमा समानुपातिक मत पाएका छन्।

मंसिर ५, २०७९ सोमबार २२:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।