काठमाडौं–४ मा गगन थापाकाे पक्षमा खस्यो ४६ प्रतिशत मत

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २ हजारभन्दा बढि मतान्तर बनाएका छन्।
१९ हजार ५८ मत गन्दा थापाले ८ हजार ७८६ मत ल्याएका हुन्। अहिलेसम्मकाे मतपरिणामअनुसार उनकाे पक्षमा ४६ प्रतिशत मत खसेकाे छ। उनी यस क्षेत्रका निवर्तमान सांसदसमेत हुन्।
यस्तै, एमालेका राजन भट्टराईले ६ हजार ६४९ मत पाएका छन्। यी दुईबीचको मतान्तर २ हजार १३७ रहेको छ।
यस क्षेत्रमा ४५ हजार ५०२ मत खसेको थियो। अहिलेसम्म बुढानिलकण्ठ नगरपालिका १, २, ८, ९, १० र ११ को मतगणना भइसकेको छ।
मंसिर ५, २०७९ सोमबार २१:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।