चितवन–१ मा कांग्रेस र एमालेलाई पछि पार्दै घण्टीका हरि ढकालको अग्रता

चितवन–१ मा कांग्रेस र एमालेलाई पछि पार्दै घण्टीका हरि ढकालको अग्रता

काठमाडौं : चितवन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले पछि पारेका छन्।

मतगणना सुरु भएदेखि कांग्रेसका विश्वनाथ पौडेलले अग्रता बनाएकोमा अहिले स्वतन्त्र पार्टीका हरि ढकालले अग्रता बनाएका छन्।

५ हजार ४१५ मत गन्दा विश्व पौडेलको १ हजार ८१० मत आएको छ भने हरि ढकालले १ हजार ८४९ मत ल्याएका छन्।

यस्तै एमालेका सुरेन्द्र पाण्डेको १ हजार २६६ मत आएको छ।

मंसिर ५, २०७९ सोमबार २१:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।