विश्वकप फुटबलमा इंग्ल्याण्डको विजयी सुरुवात

काठमाडौं : कतारमा जारी विश्वकप फुटबलमा इंग्ल्याण्डले विजयी सुरुवात गरेको छ।
समूह चरणको पहिलो खेलमा इरानलाई ६-२ ले हराउँदै इंग्ल्याण्डले विजयी सुरुवात गरेको हो।
इंग्ल्याण्डका लागि खेलकाे ३५औं मिनेटमा जुड बेलिङ्गम, ४३औं मिनेटमा बुकायो साका र थप समयमा रहिम स्टर्लिङले १/१ गोल गरेपछि इंग्ल्याण्डले पहिलो हाफमा ३-० को अग्रता लिएको थियो।
६५औं मिनेटमा इरानका मेहदी तरेमीले आफ्नो टोलीका लागि पहिलो गोल गर्दा इंग्ल्याण्डको ४ गोल भइसकेको थियो।
त्यसअघि इंग्ल्याण्डका बुकायो साकाले प्रहार गरेको बल इरानकै खेलाडीको खुट्टामा लागेर जाँदा खेलको चौथो गोल भएको थियो।
दोस्रो हाफमा मैदान गरेका मार्कस रसफोर्डले इंग्ल्याण्डका लागि पाँचौं तथा ९०औं मिनेटमा ज्याक ग्रिलिसले छैटौं गोल गरेका थिए भने थप समयमा मेहदीले नै पेनाल्टीमार्फत आफ्नाे र टिमकाे लागि दाेस्राे गाेल गरे।
योसँगै समूह बी मा पहिलो जित दर्ता गराउँदै इंग्ल्याण्ड बलियो अवस्थामा पुगेको छ। समूह बी मा इरान र इंग्ल्याण्डबाहेक वेल्स र अमेरिका रहेका छन्।
मंसिर ५, २०७९ सोमबार २१:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।