धादिङ–१ मा कमेडियन पन्त तेस्रो

धादिङ–१ मा कमेडियन पन्त तेस्रो

काठमाडौं : धादिङ क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डेको अग्रता कायमै छ।

गल्छी गाउँपालिका वडा नम्बर २ र ५ को ३ हजार ३३८ मत गणना हुँदा पाण्डेले १ जार ५१० मत ल्याएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी एमालेका भूमि त्रिपाठीले १ हजार ४४५ मत ल्याएका छन्।

यस्तै तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का हिमेश पन्तले २०७ मत ल्याएका छन्। पन्त कमेडियन हुन्।

मंसिर ५, २०७९ सोमबार २१:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।