२५ सय मत गन्दा रविको ३ सय २३ मात्र

काठमाडौं : चितवन २ को २५ सय ८६ मत गन्दा रवि लामिछानेले जम्मा ३ सय २३ मत पाएका छन्। मत गणनामा एमालेका कृष्णभक्त पोख्रेल १ हजार २ सय ३७ मतले अगाडि छन्।
दोस्रोमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका उमेश श्रेष्ठ ८ सय ४३ मत पाएर दोस्रो स्थानमा छन्। इच्छाकामना गाउँपालिकाबाट मतगणना सुरु भएको हो।
यो मत परिणामले ग्रामीण क्षेत्रमा रविको प्रभाव कम देखिएको छ। सहरी क्षेत्र प्रवेश गरेसँगै उनको मतसंख्या बढ्न सक्छ।
मंसिर ५, २०७९ सोमबार २०:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।