काठमाडौं–१ मा घट्यो मतान्तर, रवीन्द्र मिश्र जम्मा २० मतले अघि

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले २० मतको अग्रता बनाएका छन्।
मिश्रले ३ हजार ८७० मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले ३ हजार ८५० मत ल्याएका छन्। यसअघि मिश्र र सिंहबीच १८३ मतान्तर थियो।
यस्तै,राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले २ हजार ३०३ मत ल्याउँदा नेकपा एमालेका किरण पौडेलले २ हजार २३२ मत ल्याए।
नेपाल सुशासन पार्टीका रमेश खरेलले भने १ हजार ७६३ मत ल्याएका छन्।
२०७४ को निर्वाचनका यस क्षेत्रमा मिश्र र श्रेष्ठबीच कडा टक्करबीच प्रतिस्पर्धा भएर श्रेष्ठले बाजी मारेका थिए।
मंसिर ५, २०७९ सोमबार २०:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।