काठमाडौं–८ मा सुमन र विराजभक्तको प्रतिस्पर्धा, गठबन्धनका जीवनराम चौथो

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ८ मा हाम्रो नेपाल पार्टीका सुमन सायमीले अग्रता बनाएका छन्।
६ हजार ३७ मत गणना गर्दा सायमीले १ हजार ८५२ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले १ हजार ६७३ मत ल्याएका छन्।
यस्तै, एमालेका शिवसुन्दर राजवैद्यले ८५७ मत ल्याउँदा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार जीवनराम श्रेष्ठको पक्षमा ६७० भोट आएको छ।
मंसिर ५, २०७९ सोमबार २०:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।