काठमाडाैं-४ मा गगन थापा १५४८ मतान्तरसहित अगाडि

काठमाडाैं-४ मा गगन थापा १५४८ मतान्तरसहित अगाडि

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ४ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले १५४८ मतान्तरसहित अग्रता बनाएका छन्।

बुढानिलकण्ठ नगरपालिका १, २, ८, ९, र १० सम्मको मत गणना गर्दा थापाले ६ हजार ९७५ मत ल्याएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी एमालेका राजन भट्टराईले ५ हजार ४२७ मत ल्याएका छन्।

यी दुई उम्मेदवारबीच २०७४ को निर्वाचनमा पनि कडा प्रतिस्पर्धा भएको थियो। तर, अन्त्यमा बाजी भने गगन थापाले नै मारेका थिए।

मंसिर ५, २०७९ सोमबार २०:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।