कास्की–२ मा ‘घण्टी बजाउँदै’ राष्ट्रिय स्वतन्त्र पार्टीका कँडेलको अग्रता कायम

पोखरा : कास्की निर्वाचन क्षेत्र नम्बर २ मा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता कायमै राखेका छन्।
मतगणनाको पछिल्लो मत परिणाम अनुसार ४ हजार ८९ मत मतगणना हुँदा स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले २ हजार २१४ मत पाएका छन्।
यस्तै, एमालेकी उम्मेदवार विद्या भट्टराईले ९९२ मत पाउँदा गठबन्धनतर्फबाट उमेदवार बनेका एकीकृत समाजवादीका श्रीनाथ बरालले ६७७ मत प्राप्त गरेका छन्।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सुवर्णराज पन्तले ६३२ मत पाएका छन्।
तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा सोमबार बिहानबाट मतगणना थालिएको हो।
मंसिर ५, २०७९ सोमबार २०:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।