लमजुङमा पृथ्वीसुब्बा गुरुङकाे पक्षमा खस्याे ५१ प्रतिशत मत

पोखरा : लमजुङको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङको पक्षमा ५१ प्रतिशत मत खसेको छ।
एउटा मात्र प्रतिनिधिसभा सदस्यको निर्वाचन क्षेत्र रहेको लमजुङमा ४ हजार ९०४ मत गणना हुँदा पृथ्बीसुब्वाले २ हजार ५०८ मत पाएका छन्।
उनका प्रमुख प्रतिस्पर्धी एवं माओवादी केन्द्रका महासचित समेत रहेका देवप्रसाद गुरुङले २ हजार ८७ मत पाएका छन्। पृथ्बीसुब्बा र देवप्रसादबीचको मतान्तर ४२१ रहेको छ।
लमजुङको प्रतिनिधिसभा सदस्यमा गण्डकी प्रदेशका पूर्व मूख्यमन्त्री समेत रहेका पृथ्बीसुब्बा र माओवादी केन्द्रका महासचिव देवीप्रसादबीच प्रतिस्पर्धा भइरहेको छ।
उनीहरू दुवै हेभिवेटको प्रतिस्पर्धालाई यस क्षेत्रमा चासोका साथ हेरिएको छ। प्रदेशमा मात्र नभएर राष्ट्रिय रूपमा चर्चित उनीहरू पहिलो पटक आमनेसामने भएसँगै उस्सुकताका साथ हेरिएको हो।
लमजुङमा कुल मतदाता १ लाख ३३ हजार ५ सय रहेकामा ८० हजार ९ सय १७ मत खसेको थियो।
मंसिर ५, २०७९ सोमबार १९:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।