नुवाकोट–२ मा अर्जुननरसिंह केसीको अग्रता, घण्टीको उम्मेदवार पाण्डे तेस्रो

नुवाकोट–२ मा अर्जुननरसिंह केसीको अग्रता, घण्टीको उम्मेदवार पाण्डे तेस्रो

नुवाकोट : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका अर्जुननरसिंह केसीले सुरुवाती अग्रता बनाएका छन्।

सत्तारुढ गठबन्धनका साझा उम्मेदवार बनेका उनले १ हजार ६०५ मत गन्दा ८८२ मत ल्याएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी एमालेका नारायणप्रसाद खतिवडाले ४३६ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुमनविक्रम पाण्डेले २८८ मत ल्याएका छन्।

२०७४ को निर्वाचनमा नुवाकोट–२ मा कांग्रेसका केसीलाई पराजित गर्दै एमालेका खतिवडा निर्वाचित भएका थिए।

मंसिर ५, २०७९ सोमबार १९:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।