काठमाडौं–१ मा रवीन्द्र मिश्रको १८४ मतको अग्रता, पुकार बम चाैथाे

काठमाडौं–१ मा रवीन्द्र मिश्रको १८४ मतको अग्रता, पुकार बम चाैथाे

काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तरगत काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले १८४ मतले अग्रता कायम राखेका छन्।

उनले ३ हजार ५७ मत ल्याउँदा नेपाली कांग्रेसका प्रकाशमान सिंहले २ हजार ८७३ मत ल्याएका छन्।

यस्तै एमालेका उम्मेदवार किरण पौडेलले १ हजार ७३० मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बामले १ हजार ७१३ मत ल्याएका छन्।

२०७४ को निर्वाचनका यस क्षेत्रमा मिश्र र श्रेष्ठबीच कडा टक्करबीच प्रतिस्पर्धा भएर श्रेष्ठले बाजी मारेका थिए।

मंसिर ५, २०७९ सोमबार १९:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।