रुपन्देही-२ मा १६ सय मत गन्दा विष्णु पौडेल दोस्रो

रुपन्देही-२ मा १६ सय मत गन्दा विष्णु पौडेल दोस्रो

बुटवल : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि रुपन्देहीको क्षेन नम्बर २ मा १६ सय मत गणना सकिएको छ।

१६ सय मत गन्दा पूर्व अर्थमन्त्री रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलले अझै पहिलो स्थानमा उक्लन सकेका छैनन्। उनले दोस्रो स्थानमा रहँदै ५०२ मत ल्याएका छन्।

यस्तै, अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले ५६९ मतसहित अग्रता बनाइरहेका छन्।

यसैगरी गठबन्धन दल राष्ट्रिय जनमुक्ति पार्टीका केशब सुर्यवंशीले ४०७ मत प्राप्त गरेका छन्।

मंसिर ५, २०७९ सोमबार १८:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।