रुपन्देही–१ मा घनश्याम दोस्रो स्थानमा उक्लिए

बुटवल : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तरगत रुपन्देही क्षेत्र नम्बर १ मा घनश्याम भुसाल दोस्रो स्थानमा उक्लिएका छन्।
१ हजार ३३४ मत गणना हुँदा गठबन्धनको समर्थन रहेका स्वतन्त्र उम्मेदवार भुसालले २५५ मत पाएका छन्। घनश्याम यसअघि तेस्रो स्थानमा थिए।
एमालेका छविलाल विश्वकर्माले २९२ मत ल्याएर पहिलो स्थानमा छन् भने जनमत पार्टीका कैलाश गुरुङले २३० मत ल्याए।
यस्तै ढकिया चिन्ह भएका स्वतन्त्र उम्मेदवारले नरबहादुर पछाइले २२४ मत ल्याएका छन्।
मंसिर ५, २०७९ सोमबार १८:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।