काठमाडौं–५ मा २१०६ सय मत गनियो, ईश्वर पाेखरेल दाेस्राे

काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तरगत काठमाडौं क्षेत्र नं. ५ मा २१०६ सय मत गन्दा एमाले वरिष्ठ उपाध्यक्ष दोस्रो भएका छन्।
उनले ४५८ मत ल्याएका छन्। उनी यस क्षेत्रका निवर्तमान सांसद्समेत हुन्।
यस क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले ५७६ मत ल्याएका छन्। उनले यसअघि पनि अग्रता बनाएका थिए। सोही अग्रतालाई कायम राखिरहेका छन्।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले यहाँ १७३ मत ल्याउँदा घण्टाघर चिन्हले १५०, स्वतन्त्र उम्मेदवार श्री गुरुङले १०८ मत ल्याएका छन्।
मंसिर ५, २०७९ सोमबार १७:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।