रुपन्देही–२ मा घण्टी चिन्हका गणेश पौडेलको अग्रता कायमै, विष्णु पौडेल दोस्रो

बुटवल : रुपन्देही–२ को प्रतिनिधिसभातर्फ जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी घण्टी चिन्हका उम्मेदवारले अग्रता लिएका छन्।
घण्टी चिन्हका गणेश पौडेलले ९ सय मत गणना गर्दा ३३४ मत प्राप्त गरेका छन्।
एमाले उपाध्यक्ष विष्णु पौडेलले २९३ मत प्राप्त गरेका छन्।
यसैगरी सत्ता गठबन्धनको समर्थन रहेको राष्ट्रिय जनमुक्ति पार्टीका केशब सुर्यवंशीले २२४ मत प्राप्त गरेका छन्।
मंसिर ५, २०७९ सोमबार १७:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।