रुपन्देही–२ मा विष्णु पौडेललाई उछिन्दै राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

बुटवल : रूपन्देही क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा) सुरूवाती अग्रता लिएको छ।
६ सय मत गणना हुँदा रास्वपाका गणेश पौडेलले २ सय २९ मत ल्याएका छन्। उनले एमाले उपाध्यक्ष विष्णु पौडेललाई पछाडि पारेका छन्।
पौडेलले १९० मत पाएका छन्। तेस्रोमा रहेका राष्ट्रिय जनमुक्तिका उम्मेदवार केशवबहादुर थापाले १५९ मत ल्याएका छन्।
उनलाई सत्ता गठबन्धनको समर्थन छ। मतगणना जारी छ।
मंसिर ५, २०७९ सोमबार १६:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।